तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी तरकारी खेतीका लागी कृषि सामाग्री वितरण


मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाउँका मङ्गलवार कृषि सामाग्रीहरू वितरण गरिएको छ । कर्णाली प्रदेश सरकार जिल्ला कृषि विकास कार्यालय मुगुले प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी ब्लक उत्पादनका लागि कृषि सामाग्रीहरू वितरण गरेको हो ।

मङ्गलवार जिल्ला समन्वय समिति मुगुकी उप संयोजक कर्णसिला मल्ल र छायाँनाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौलागाईले चैन गाउँमा आयोजित एक कार्यक्रममा कृषि समाग्रीहरु वितरण गर्नु भएको हो । वितरण गरिएका कृषि सामाग्रीहरूमा ग्रिन हाउस निर्माणका लागि प्लाष्टिक, स्प्रिङ्कल, लुज पाइप र उन्नत जातका बिउबिजनहरु रहेका छन् ।

हिउँदको समयमा निर्माण गर्नु पर्ने तरकारी ब्लकका लागि ग्रिन हाउस बजेट आउन ढिलो भएकोले बर्षाको समयमा निर्माणका कामहरू अघि बढाईएको तरकारी ब्लक सन्चालक समितिले जनाएको छ ।

स्थानीय कृषकहरूको ३ लाख ६९ हजार २ सय र कृषि विकास कार्यालय मुगुका अनुदान रकम ३२ लाख ५९ हजार २ सय रु सहित कुल लागत ६४ लाख २८ हजार ४ सय रहेको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ ।

तरकारी ब्लक कार्यक्रमबाट चैन गाउँका ८० घरधुरी लाभाम्वित हुने बताइएको छ । जिल्ला कृषि विकास कार्यालय , सहयात्री कृषि सहकारी संस्था र तरकारी ब्लक सञ्चालक समिति द्वारा सञ्चालित कार्यक्रम को परिकल्पना र उद्देश्य राम्रो भएपनि समयमाम नै बजेट को व्यवस्था नहुँदा कार्यक्रमको व्यवस्थापनमा केही कमीकमजोरी भएको स्थानीय कृषकहरूले केही गुनासो गरेका छन् ।

चैन गाउँको तरकारी ब्लक कार्यक्रमको हिजो मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीको नेतृत्वमा पत्रकार सहितको टोलिले उक्त तरकारी ब्लकको मङ्गलवार अनुगमन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button