तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभर वर्षाको सम्भावना,यस्तो छ तीन दिनको मौसम

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ३१ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन १ गते (बिहिबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

सतर्कता अपनाउनु अनुरोध

आगामी २४ घण्टामा देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ |

साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button