तपाईँ सुन्दै हुनुहुन्छः

तिर्न सक्ने सबै व्यवसायीलाई बैंकको ब्याज तिर्न अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तिर्न सक्ने सबै व्यवसायीलाई बैंकको ब्याज तिर्न अपिल गरेको छ ।

महासंघले मंगलबार एक सूचना जारी गर्दै नसक्नेको हकमा महासंघले पहलकदमी लिने बताएको हो ।

ब्याज र किस्ता तिर्न नसक्ने व्यवसायीलाई मर्कामा नपार्न सरकारसँग समयसीमा सार्ने पहल भइरहेको अपिलमा उल्लेख गरिएको छ ।

हाल तिर्नसक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन अनुरोध गर्दै महासंघले तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न आगामी मौद्रिक नीतिमा व्यवस्था गराउन सम्बन्धित निकायमा अनुरोध गरेको छ ।

महासंघ र नेपाल बैंकर्स संघका प्रतिनिधिहरुबीच प्रत्येक महिना बैठक बसी गुनासा उपर छलफल गरी समस्या समाधानका लागि कोशिस गर्ने तय भएकोले वाणिज्य बैंकहरुसँग लिएको कर्जा सम्बन्धमा कुनै गुनासो भए व्यवसायी उद्योगी, विभिन्न कम्पनीहरुलाई महासंघसँग आग्रह गर्न समेत महासंघले भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button