तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी पहिरो अपडेटः ३ जनाको निधन, १ जना अझै बेपत्ता

स्याङ्जा । अबिरल बर्षाका कारण पहिरोले पुरिएर स्याङ्जामा पुर्व गाविस अध्यक्षसहित ३ जनाको निधन भएको छ । कालीगण्डकी गाउँपालिका गाउँपालिका ४ खहरेमा पहिरोका कारण विर्घाका पुर्व गाविस अध्यक्ष ७० बर्षिय इमान सिहँ राना, ६० वर्षीय गिमानसिंह थापा र ५० वर्षीय टिकाबहादुर थापाको निधन भएको हो ।

रानालाई विहानै विर्घा स्वास्थ्य चौकीले मृत घोषणा गरेको थियो भने द्धोय थापाको शव साँझ भेटिएको हो । पहिरोले पुरीएर अझै १ जना बेपत्ता भएका छन् भने एक वडा सदस्य सहित दुई जना घाइते रहेका छन् । वडा सदस्य ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय विरबहादुर रानालाई थप उपचारको लागी पाल्पा अस्पतालमा रिफर गरिएको छ । पहिरोबाट प्रेम चन्द्र पाण्डे अझै बेपत्ता रहनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहारी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

बेपत्ता १ जनाको खोजी तथा उद्धार जारी रहेको प्रहरीले जनाएको छ । गाउँ खानेपानीको समस्याका कारण पानीको मुलमा पुग्नुभएका उहाँहरुलाई माथिबाट खसेको पहिरोले पुरेको प्रहरीले जनाएको छ । यसैबीच पहिरोका कारण त्यहाँका ४ परिवार विस्थापित भएका छन् । कालीगण्डकी ४ का ५५ वर्षीय बिरबहादुर रानाको ८ जनाको परिवार, देवबहादुर थापाको ४ जनाको परिवार, जिमान सिंह थापाको ६ जनाको परिवार तिलीसरा थापाको ५ जनाको परिवार पहिरोका कारण विस्थापित भएका हुन् ।

उता विरुवा गाउँपालिकामा अविरल वर्षाका कारण एक घर भत्किएको छ । विरुवा ६ धरादी बस्ने ३८ वर्षीय साजन सिंहरानाको ढुंगा माटोले बनेको २ तले कच्चीघर भत्किँदा बाख्रा मरेका छन् । घरको भुइँ तलामा रहेको ६ वटा बाख्रा पुरिएर मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा भएको टिभि, ल्यापटप, भाँडावर्तन, लत्ताकपडा पुरिँदा साढे ४ लाखको क्षति भएको प्रहरीले जनाएको छ । उक्त घरमा ४ जनाको परिवार बस्दै आएकोमा अहिले उनीहरु छिमेकी अणजंग रानाको घरमा बस्दै आएका कछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button