२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘सोती घटनाको अध्ययन गरी कार्यान्वनमा लगिने’

केशव ढुंगाना २०७७ असार ३० गते १७:४५

सभामुख अग्नीप्रसाद सापकोटाले सोती घटनाको अध्ययन गरी कार्यान्वनमा लैजाने बताउनुभएको छ ।

संसदीय छानविन समितिले आज बुझाएको सोती घटनाको प्रतिवेदन बुझ्नुहुँदै सभामुख सापकोटाले रूकुम पश्मिको चौरजाहारी नगरपालिका सोतीमा जेठ १० गते घटेको घटनाको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताउनुभयो ।

घटनाको अध्ययनका लागि समितिलाई दिईएको समय असार ३१ गते सकिने र अहिले संसद नचलेको हुनाले समामुख समक्ष प्रतिवेदन बुझाएको समितिका संयोजक सांसद देवेन्द्र पौडेलले बताउनुभयो ।

समितिले घटना स्थलको अवलोकन, घटनाका घाईते, मृतक तथा घाईतेका आफन्त, स्थानीय जनप्रतिनिधी एवं विज्ञ–विशेषज्ञ संगको छलफल, प्रहरीको अध्ययन प्रतिवेदनका आधारमा सर्वसम्मत रूपमा प्रतिवेदन तयार पारेको समितिका संयोजक पौडेलले जानकारी दिनुभयो ।

घटनाको मूल कारण अन्तरजातीय प्रेम सम्बन्ध र जातीय विभेद रहेको समितिको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

सम्बन्धित