तपाईँ सुन्दै हुनुहुन्छः

लायन्सद्वारा चार सय भिटिएम किट प्रदान

सप्तरी । पिसिआर परिक्षणलाई तीव्र बनाउन सहयोग पुर्याउने उद्देश्यले डिस्ट्रिक ३२५ ए टु अन्तरगतको राजविराज लायन्स क्लबले स्थानीय गजेन्द्र नारायण सिंह अस्पताललाई पिसिआर प्रयोगशाला प्रयोजनका लागि ४ सय थान भिटिएम किट उपलब्ध गराएको छ ।

पर्याप्त मात्रामा भिटिएम किट (भाइरस ट्रान्सपोर्ट मेडियम किट) उपलब्ध नहुँदा सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणलाई तीव्र बनाउन सो परिमाणको किट उपलब्ध गराइएको लायन्स क्लबले जनाएको छ ।

मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमबीच लायन्स क्लब राजविराजका निवर्तमान अध्यक्ष शंकर शारदा, पूर्व अध्यक्ष डा. मूरलीप्रसाद सिंह, हरेकृष्णप्रसाद सिंह, गोबिन्द सिंह, सांसद मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, लायन्सका महासचिव फुरकान अंसारी, सदस्य हरि जोशी, शुसिल काबरा लगायतले उक्त सामाग्री अस्पतालका प्रमुख डा. रन्जित झालाई हस्तान्तरण गर्नु भयो ।

सो अवसरमा अस्पताल प्रमुख डा. झाले लायन्स क्लबप्रति आभार र धन्यवाद व्यक्त गर्दै सबैको सामूहिक प्रयास र सहयोगबाट मात्र विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोनामाथी विजयी प्राप्त गर्न सक्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button