तपाईँ सुन्दै हुनुहुन्छः

पुल नबन्दा बर्षेनी समस्या

मेगराज खड्का, रुकुम पश्चिम । राप्ती लोकमार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ को सीमानामा रहेको पिथिवाङ खोलामा पक्की पुल नहुँदा आवतजावतमा समस्या भएको छ ।

वर्षायाम शुरु भएसंगै असार देखी भदौ महिना सम्म खोला बढ्ने भएकाले यस क्षेत्रका स्थानीयलाई समस्या हुने गरेको छ ।

रुकुम भित्रिने तथा बाहिरिने मुख्य सडकखण्डमै पक्की पुल निर्माणको काममा ढिलाई हुँदा साना तथा ठूला सवारी साधन लगायत सर्वसाधारणले आवतजावतमा समस्या भोग्नुपरेको यसक्षेत्रका बासिन्दाले बताउने गरेका छन् ।

यस वर्षको बर्षाले पिथिबाङ्ग खोला बढेपछि स्थानीय युवाहरुको सहायतामा केही दिनदेखि साना सवारी साधन र यात्रुलाई बोकेरै उद्धार गुर्नपर्ने अवस्था शुरु भएको छ ।

तर स्थानीय युवाले मोटरसाईकल लगायत साना सवारी साधन वारपार गराए वापत भने दुई देखी ३ सय रुपैंया लिने गरेका छन् ।

सडक डिभिजन कार्यालय चौरजहारीले भने पिथिबाङ्ग खोलामा ५ करोड २८ लाख लागतमा आगामी वर्षदेखी सञ्चालनमा आउने गरी ३५ मिटर लामो आरसीसी मोटरेबल पुल निर्माणको काम शुरु गरिएको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button