तपाईँ सुन्दै हुनुहुन्छः

मास्क नलगाई हिड्ने २१ सय बढि ब्यक्ति कारबाहीमा


बैतडी । बैतडीमा सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने दुई हजार बढि ब्यक्ति कारबाहीमा परेका छन् । मास्क नलगाउनेलाई नियन्त्रणमा लिई जरिवाना तिराउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

असार २२ गतेदेखि हालसम्म २ हजार १ सय ४० जनालाई कारबाही गरिएको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिनुभयो । बजारक्षेत्रमा बिना मास्क निस्केका २२ जनालाई जनही १ सय रुपैंया जरिवाना समेत तिराईएको उहाँले बताउनुभयो । यसका साथै ३५ जनालाई मास्क समेत बितरण गरेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका अधिकांशलाई मास्क अनिवार्य लगाउनुपर्ने बिषयमा सम्झाई बुझाई छाडिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

गृह मन्त्रालयले असार २२ गते मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिईएको हो । मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेअनुसार कारबाही गर्ने क्रम जारी रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनभयो ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको थियोे । कोरोना भाईरसको संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनिवार्य मास्क लगाएर हिँडडुल गर्न तथा सामाजिक दूरी कायम गर्नको लागि आग्रह गरिएको छ ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क र सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button