२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट मल ल्याउन पाउनुपर्ने माग राख्दै प्रदर्शन

हरिश्चन्द्र बाग २०७७ असार ३० गते १६:१५

कञ्चनपुर । कञ्चनपपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ का किसानहरु भारतबाट मल ल्याउनु पाउनु पर्ने माग गर्दै आन्दोलित भएका छन् । मलखादको अभाव भएपछि भारतबाट ल्याउन दिनुपर्ने माग राख्दै मंगलबार दोधाराचाँदनी झोलुङ्गे पुलमा स्थानीयहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरुले झोलुङ्गे पुलमा ताला समेत लगाएका थिए । जसले गर्दा झोलङ्गे पुलमा आवागमन केहीबेर बन्द भएको थियो । आफ्नो खेतमा हाल्नको लागि मलखाद नभएको र सरकारले अहिलेसम्म पनि कुनै व्यवस्था नगरेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको किसानहरूको गुनासो छ ।

सम्बन्धित