तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा ऐन चाडै आउनेः शिक्षामन्त्री

काठमाडौं । राष्ट्रिय सभा दिगो बिकास तथा सुशासन समितिको शिक्षा क्षेत्रमा कोभिड १९ पछिको अवस्थाको बारेमा छलफल भएको छ ।

आज सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्री गिरीराजमणि पोखरेलले अहिलेको अवस्थामा शिक्षा क्षेत्रलाई व्यवस्थित ढंगले व्यवस्थापन गर्न मन्त्रालय क्रियाशिल रहेको बताउनु भयो ।

मन्त्री पोखरेलले शिक्षा नीति आइसकेको भन्नुहुदै उच्च शिक्षा ऐन, संघिय शिक्षा ऐन र व्यवसायिक शिक्षा ऐन हाल कानून मन्त्रालयमा पुगेको जानकारी दिनुहुदै शिक्षा ऐन चाडै आउने बताउनु भयो ।

बैठकमा समिति सदस्यहरुले कोभिड १९ का कारण निजि बिद्यालयका शिक्षकहरुको जागिर धरापमा परेको भन्दै त्यस्ता शिक्षकहरुको लागि मन्त्रालयको नीतिको बारेमा जिज्ञासा राख्नु भएको थियो ।

समितिका सदस्यँहरुले अहिलेको अवस्थामा मन्त्रालय समस्याबाट नभागी समाधानको बाटो पहिल्याउन मन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

समिति सदस्यहरुले आंशिक प्राध्यापकहरुको समस्या समाधानमा ध्यान दिन मन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button