२०७९ साल असोज १३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

ईश्वर साउद २०७७ असार ३० गते १५:१९

टीकापुर, कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सूचना अधिकारी सिद्धराज जोशीलाई आज दिउसो पक्राउ गरेको हो ।

जोशीको कार्यकक्षबाट रकम हिजो बरामद गरिएको र हिजो उनि भागेकाले आज पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिनुभयो ।

सूचना अधिकारी विष्टका अनुसार जोशीले सीपमुलक तालिम मिलाई दिन्छु भनि सेवाग्राहीबाट ८५ हजार घुस मागेका थिए । पक्राउ परेका जोशीलाई अख्तियारको केन्द्रिय कार्यालय पठाइने र अन्य थप कारवाहीको प्रक्रिया उतैबाट अघि बढ्ने पनि विष्टले बताउनु भयो ।

सम्बन्धित