तपाईँ सुन्दै हुनुहुन्छः

घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

 मेलम्ची । आज दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजी ५५ बर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्यहाँ कार्यरत कर्मचारी युवराज गिरीले जानकारी दिनुभयो ।

त्यस्तै घाइते भएका कन्सल्टयान्ट शेखर खनाल र दावा लामालाई उद्धार गरिे हेलिकप्टर मार्फत काठमाडांै लगिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङ्ले जानकारी दिनुभयो ।

बेपत्ताको हेलम्बु प्रहरीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । गेट फुटेपनि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । थप बिवरण आउन बाँकी छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button