तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा अस्थायी ड्या्म फुट्यो दुई जना बेपत्ता २ घाइते

मेलम्ची- आज दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्याहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिनुभयो । त्यस्तै कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खानेल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चिका प्रहरी निरिक्ष्यक फल बहादुर तामाङ्ले जानकारी दिनुभयो ।

घाइते लाई हेलिकप्टर मार्फत काठमान्डौ लाने तयारी भैरहेको तामङ्ले जानकारी दिनुभयो । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । गेट फुटेपनि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ ।थप बिवरण आउन बाँकी छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button