२०७९ साल असोज १३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

दमकमा कोरोना संक्रमितको संख्या १० पुग्यो, झापाको कुल संक्रमित संख्या ३०५

निशेष राई २०७७ असार ३० गते १२:१०

झापा । झापाको दमकमा कोरोना संक्रमण भएको संख्या १० पुगेको छ । दमक–८ का एक ब्याक्तिमा आज कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १० पुगेको हो । यद्यपी अहिलेसम्म कोरोना संक्रमण समुदायमा नरहेका कारण फैलन पाएको छैन ।

सुरक्षित रु्रपमा क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण देखिएकाले यसमा डराउनु पर्ने अवस्था नरहेको दमक नगरपालिकाका जन स्वास्थ्य निरीक्षक बद्रि बरालले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा पनि शर्तकता अपनाएर राखिने गरिएको छ ।

पछिल्लो पटक दमकमा १ सहित गौरीगन्जमा ३ गरेर झापामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएका सबै भारतबाट आएकाहुन्। संक्रमण पुष्टि भएसँगै उनीहरुलाई मोरङको गोठ गाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालमा पठाइएको छ । योसँगै झापा जिल्लामा सङ्क्रमितको सङ्ख्या ३०५ पुगेको छ ।

सम्बन्धित