तपाईँ सुन्दै हुनुहुन्छः

रुखको हाँगा भाँच्चिएर लाग्दा तुलसीपुरमा मोटरसाईकल चालकको मृत्यु

तुलसीपुर । रुखको हाँगा भाँच्चिएर लाग्दा तुलसीपुरको लहलौरामा मोटरसाईक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–११ लहलौरा निवासी मोटरसाईकल चालक २३ बर्षका तुलसी चौंधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिहले जानकारी दिनुभयो ।

लहलौराबाट तलसीपुरतर्फ जाँदै गरेको रा२प८८० नम्बरको मोटरसाईक चालक चौधरीको टाउकोमा बिहान पौने ८ बजे एक्कासी रुखको हाँगा भाँच्चिएर लागेको थियो ।

सडकमा गुडिरहेको मोटरसाईकल माथि रुखको हाँगा भाच्चिएर लाग्दा घाईते भएका चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button