तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाएर एक जनाको मृत्यु, दुई जना बेपत्ता

झापा । खोलाले बगाएर झापामा आज थप एक जनाको मृत्यु भएको छ । केही दिनयताको बर्षासंगै आएको बाढीका कारण कचनकवल गाउँपालिका ३ का ३५ बर्षीय किलु टुडुको मृत्यु भएको हो ।

आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा परेका थिए । उनलाई सोही खोलाले बगाएर २०० मिटर तल पुर्याएको थियो । उनको शव फेला परेपछि प्रहरी चौकी पथरीयामा स्थानीयले जानकारी गराएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस अघि हिजो विरिङ खोलाले बगाएर झापाको झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो भने मेची र रतुवा खोलाले बगाउँदा दुई जना अझै हराइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button