तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी प्रहरीको एक बर्षे कार्य प्रगति बिवरण सार्वजनिक


सप्तरी । सप्तरी प्रहरीले एक बर्षे अबधिमा १ सय ४९ जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।

सोमवार जिल्ला प्रहरी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको आ.व. ०७६/७७ को बार्षिक कार्य प्रगति विबरणले सो तथ्याङ्क देखाएको हो ।

यसरी पक्राउ पर्नेहरूमा कुटपिट, जर्वजस्ती करणी, ज्यान मुद्वा, जालसाजी, ठगी र सवारी ज्यानका बढी छन । यस्तै जिल्लामा लागू औषध नियन्त्रणका लागि प्रहरीले चलाएको अभियानमा ठुलो सफलता मिलेको यद्यपी चुनौती भने कायमै रहेको प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी उपरिक्षक कृष्ण प्रसाईले सुनाउनु भयो ।

खुल्ला सिमाका कारण भारतिय क्षेत्रवाट लागू औषध सेवन गरेर घर फर्किनेहरूको संख्या बढ्दै गएकाले यसलाई मुख्य चुनौतीको रूपमा लिदै नाका क्षेत्रहरुमा निगरानी कडा पारिनुका साथै विभिन्न सचेतनामुलक कार्यक्रम समेत संचालनमा ल्याईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिवेदन अनुसार आव ०७६/७७ मा लागुऔषधको ५१ वटा मुद्दा दर्ता भई ७१ जना पक्राउ परेका छन । यस अबधिमा प्रहरीले जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाईएका ३२ हजार ५ सय गाजाको बोट तथा घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ७३ वटा अवैध घरेलु मदिरा उत्पादन भट्टी नष्ट गरेको छ । यस क्रममा ८ जना उत्पादकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसै अबधिमा भारतवाट हुने चोरी, तस्करी नियन्त्रणका क्रममा भन्सार छलेर ल्याईएका २ करोड १८ लाख १९ हजार बरावरको विभिन्न सामग्री भन्सार कार्यालयलाई बुझाएको तथा यसले राजस्व सकंलनमा समेत सहयोग पु¥याएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रहरी उपरिक्षक प्रसाईले अपराध नियन्त्रणमा समुदायको सहयोग आबश्यक भएकाले समुदायिक प्रहरी साझेदारी कार्यक्रम संचालनमा ल्याएको र यसले सुरक्षित समाज निर्माणमा ठुलो बल मिलेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button