तपाईँ सुन्दै हुनुहुन्छः

पचाल झरनामा लिफ्ट सिंचाइ आयोजना सम्पन्न

कालीकोट । कालीकोट पचालझरना गाउँपालिका–५ लाफामा आधुनिक लिफ्ट सिंचाइ आयोजनाको काम सम्पन्न भएको छ । गाउँपालिकाको लाफामा रहेको सुख्खा जमीन सिंचाइ गर्ने उद्देश्यले लिफ्ट सिंचाइमार्फत सिंचाइको व्यवस्था गरिएको हो ।

नजीकै बगिरहेको कर्णाली नदीबाट सोलार पम्पिङ सिष्टमको लिफ्ट सिंचाइ आयोजनाका लागि कर्णाली प्रदेश सरकार सिंचाइ कार्यालयको रु ३५ लाख र स्थानीयवासीको २० प्रतिशत अर्थात् सात लाख लगानीमा निर्माण सम्पन्न भएको हो ।

लाफा गाउँमा सिंचाइको समस्याका कारणले बालीनाली नहुने र जमीनमा सिंचाइको समस्या रहेका कारणले लिफ्ट सिंचाइ आयोजनामार्फत करीब पाँच सय हेक्टरमा सिंचाइ हुने पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनुभयो । ‘सिंचाइको अभावका कारणले बालीनाली केही पनि हँुदैनथ्यो’, उहाँले भन्नुभयो,‘ अब पाँच सयभन्दा बढी हेक्टर जमीनमा सिंचाइ पुग्ने भएको छ ।’

सिंचाइ समस्याका कारणले राम्रो जग्गामा बाली नहुने र नजीकै बगिरहेको कर्णाली नदीको पानी उपभोग गर्न नसकिएका कारणले समस्या हुने गरेको उपभोक्ता समितिका अध्यक्ष विष्णुलाल न्यौपानेले बताउनुभयो । ‘नजीकै कर्णाली बगिरहेको छ । हामीले नदी हेरेको नदीले हामीले हेर्ने गरेको थियो’, उहाँले भन्नुभयो, ‘हामीले त्यसलाई उपभोग गर्न सकेका थिएनौ । अहिले हामीले त्यसलाई सोलार सिस्टमको लिफ्ट सिंचाइ गरेर उपभोगमा ल्याएका छाँै।’

जिल्लाका अन्य ठाउँमा लिफ्ट सिंचाइ असफल भएपछि नयाँ तरिकाले काम भएकाले जिल्लाको नमूना भए करीब ५०० मिटर उचाइमा पानी तानिएको उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले बताउनुभयो । ‘कर्णाली नदीको पानी ५०० मिटर उचाइमा तानेका छौंँ ’, उहाँले भन्नुभयो,‘अबका दिनमा किसानलाई तरकारी तथा बालीनाली लगाउन सजिलो हुनेछ ।’

लाफा गाउँमा लिफ्ट सिंचाइ आयोजना सफल भएको गाउँपालिका अन्य सुख्खा क्षेत्रमा पनि सो प्रविधिको प्रयोग गरेर सिंचाइ आयोजनाको काम गरिने गाउँपालिका अध्यक्ष सेजुवालले बताउनुभयो । ‘यहाँ हामीले सफल परीक्षण गरेका छौंँ ’, उहाँले भन्नुभयो,‘पालिका अन्य ठाउँमा यो प्रविधि प्रयोग गरेर सिंचाइ तथा खानेपानीको व्यवस्था गर्ने लक्ष्य राखेका छौंँ ।’ रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button