तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पिडितहरुका लागी प्रदेश सरकारले पठायो अत्यावश्यक वस्तु सहित राहत

विराटनगर । संखुुवासभाको सिलिचोङ गाउपालिका–१ का पहिरो पिडितहरुका लागी प्रदेश न १ को सरकारले अतिआवश्यक वस्तु सहित राहत सामाग्री आज त्यसतर्फ पठाएको छ । मुुख्यमन्त्री शेरधन राई सहितको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामाग्री लिएर आज दिउसो विराटनगरवाट त्यसतर्फ जानुु भएको हो ।

पहिलो चरणमा प्रदेश सरकारले पहिरो पिडित परिवारका लागी चामल, दाल, खानेतेल, नुुन, चाउचाउ तथा टेन्ट लगायतका सामाग्री त्यसतर्फ पठाइएको हो ।

त्यसतर्फ जानुु अघि विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुुरागर्दै मुुख्यमन्त्री राईले वाढी तथा पहिरो पिडितको राहत तथा उद्धारका लागी प्रदेश सरकारले सवै संयन्त्र तयारी अवस्थामा राखेको वताउनुुभयो ।

उहाँले पहिरोको जोखिममा रहेका सर्वसाधारणलाई उपयुुक्त स्थानमा सार्ने काम समेत भइरहेको वताउनुुभयो । हेलिकप्टर मार्फत दुुईपटक गरेर प्रभावित क्षेत्रमा सामाग्री पठाइने मुुख्यमन्त्रीका प्रेस सल्लाहकार धुुर्व सुवेदीले वताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button