२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

क्वानमुकान कराँते डो जिल्ला अध्यक्षमा श्रेष्ठ

चिरञ्जीवी मास्के २०७७ असार २९ गते १७:५९

दोलखा । दोलखा जिल्लामा सक्रिय युवा भरतकुमार श्रेष्ठको अध्यक्षतामा नेपाल क्वानमुकान कराँते डो जिल्ला संघ गठन भएको छ ।

नेपाल क्वानमुकान कराँते डो संघ केन्द्रको पत्रअनुसार जिल्ला खेलकुद विकास समिति दोलखाले डो को जिल्ला संघ गठन गरेको समितिका अध्यक्ष रोहित खड्काले बताउनु भयो ।

नेपाल क्वानमुकान कराँते डो जिल्ला संघको उपाध्यक्ष रिता रिमाल, सचिव चन्द्रकुमार तमाङ र कोषाध्यक्ष कमला कार्की रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा रविन पाख्रिन, विकल खड्का र नवराज श्रेष्ठ रहनु भएको जिल्ला खेलकुद विकास समिति दोलखाले जनाएको छ ।

संघले दोलखामा क्वानमुकान कराँत हरेक युवा र विद्यार्थी माझ पुर्याउन विभिन्न रचनात्मक कार्यक्रम र दैनिक तालिमको व्यवस्था गर्ने र अन्य खेलकुद गतिविधिमा समेत सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित