तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित ११९९ पुग्यो

तनहुँ । गण्डकी प्रदेशका थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिनेमा तनहुँका दुई जना, पर्वतका एक जना, बागलुङका दुई जना, म्याग्दीका एक जना र स्याङ्जाका एक जनाको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तनहुँको घिरिङ गाउँपालिकाका ४६ र २१ वर्षका दुई जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै पर्वतको मोदी गाउँपालिकाकी ३० वर्षिया महिलामा पनि सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाका २३ वर्षीय पुरुष र गल्कोट नगरपालिकाकी २२ वर्षिया महिलामा कोरोना पुष्टि भएको छ ।

त्यसै गरी म्याग्दीको मालिका गाउँपालिकाका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै स्याङ्जाको पुतली बजार नगरपालिकाका ३० वर्षीय पुरुषमा समेत सोमबार कोरोना सङ्क्रमण भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ११९९ जना पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ सात जना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

सङ्क्रमितहरू क्वारेनटाइनमा रहेको र उनीहरूलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button