तपाईँ सुन्दै हुनुहुन्छः

बर्षाले बाटो अवरुद्ध भएपछि सुर्ती विक्री नहुँदा पर्साका किसान चिन्तित

बीरगंज । लगातारको बर्षाले ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएपछि पर्साको ग्रामिण भेगमा उत्पादित सुर्ति सुर्य नेपाल कम्पनी सम्म पु¥याउन नसक्दा किसानहरु चिन्तित भएका छन ।

अहिले बर्षाका कारण ग्रामीण सडकखण्ड हिलाम्य भएर सवारीसाधन आवागमन हुने अवस्था नहुदा किसानहरु समस्यामा परेका हुन ।

अबिरल बर्षाका कारण ग्रामीण भेगबाट बीरगंज तथा बाराको सिमरा जाने जनता सडक, थरुहठ सडक, हुलाकी सडक, बिरगंज ठोरी सडकखण्ड तथा पोखरीया लंगडी सडकखण्ड बिग्रेका कारण सिमरा स्थित सुर्य नेपाल कम्पनिमा सुर्ती पु¥याउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।

किसानको ठूलो परिश्रमबाट उत्पादन गरिएको सुर्ती समयमा बिक्रि नहुँदा विक्रीका लागि तयारी अवस्थामा रहेको सुर्तीमा ढुसी लागेर कुहिन सक्ने सम्भावना बढि भएको हुँदा किसानहरु समस्यामा परेको स्थानिय कृषक सुर्य थिङ्गले बताउनुभयो ।

ठोरी गाउपालिका वडा नं ४ को मेल चौक, बिशाल चौक, निर्मलबस्ती, वडा नं ३ को बह्रमानगर, रामनगर, बुद्धनगर, ओडारका किसानले उत्पादन गरेका सुर्ती चलान हुन नसकेको थिङ्गले बताउनुभयो ।

त्यस्तै जिराभवानी गाउपालिकाको हरैया, सखुवनिया, शंकरसरैया, सुपौली पटेर्वा सुगौली गाउपालिका, सखुवा प्रसौनी गाउपालिकामा उत्पादन भएका सुर्ती समेत हालसम्म चलान हुन नसक्दा किसान चिन्तित भएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button