तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ३४ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज

सल्यान । सल्यानमा सोमबार ३४ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन । लुहापिङको आईसोलेसनमा उपचार गराईरहेका ३४ जना निको भएर आज घर फर्किएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

कोरोना जितेर घर फर्कनेमा कुमाख गाउँपालिकाका १५, बनगाड कुपिण्डे नगरपालिकाका ९, शारदा नगरपालिकाका ३ र बागचौर नगरपालिकाका २ जना रहेका छन् ।

यस्तै दार्मा गाउँपालिका र कपुरकोट गाउँपालिकाका १÷ १ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यलय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

यो सँगै जिल्लामा कोरोना संक्रमित निको भएर घर फर्कनेको संख्या २ सय ८ पुगको छ । फोकल पर्सन पुनका अनुसार बाँकी १७ जना जिल्लाका बिभिन्न आईसोलेसनमा उपचार गराईरहेका छन ।

उनका अनुसार ७ जना लुहापिङको आईसोलेसनमा, ९ जना बनगाड कुपिण्डे नगरपालिकाको आईसोलेसनमा र छत्रेश्वरी गाउँपालिकाको आईसोलेसनमा १ जना गरी १७ जनाको उपचार भई रहेको छ ।

सल्यानमा २ सय २५ जनामा कोरोना भाईरस संक्रमित भेटिएकोमा अहिले सम्म २ सय ८ जना निको भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button