तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकार सङ्गठनद्वारा गौरा दह र गौरीगञ्जका क्वारेन्टिनको अनुगमन

भद्रपुर, झापा । नेपाल मानव अधिकार सङ्गठन झापाले जिल्लाको गौरा दह र गौरीगञ्जमा रहेका क्वारेन्टिनहरुको स्थलगत अवलोकन गरेको छ ।

सङ्गठनले आइतबार गरेको स्थलगत अवलोकनमा क्वारेन्टिनहरुको गुणस्तर र क्वारेनटाइन प्रयोगकर्ताका समस्या तथा गुनासाहरू बुझेर सम्बन्धित निकायलाई राय–सुझाव दिएको थियो ।

अन्य सबै क्वारेनटिनको अवस्था सन्तोषजनक पाइए पनि गौरा दह कृषि क्याम्पस क्वारेनटिनमा केही कमी–कमजोरी भेटिएको सङ्गठनका झापा जिल्ला अध्यक्ष डिल्ली भट्टराईले बताउनुभयो ।

शौचालयको पर्याप्त सुविधा नहुँदा कृषि क्याम्पसको क्वारेनटिनमा बस्नेहरूलाई निकै असहज भइरहेको पाइएकोले त्यसलाई सुधार्न भनिएको अध्यक्ष भट्टराईले बताउनुभयो । कृषि क्याम्पसमा पङ्खा र झुलको समेत नभएको भन्दै गुनासो आएको उहाँको भनाइ छ ।

सङ्गठनले झापाका सबै स्थानीय तहमा रहेका क्वारेनटिनको अवलोकन गर्ने मानव अधिकार कर्मी गङ्गा कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button