२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कनकाई नदीको बाँध फुट्दा शिवगञ्ज बजार पस्यो, १५ परिवारलाई सुरक्षित स्थानमा सारियो

निशेष राई २०७७ असार २९ गते १२:०२

झापा । झापामा कनकाई र सतासी खोलाको बाढीले शिवगञ्ज बजार डुवानमा परेको छ । शिवगञ्जको पुरानो बजारमा कनकाईको बाढी पसेको हो ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार आपत्कालिन स्थितीमा १५ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । इलाका प्रहरी कार्यालय शिवगञ्जको पूर्वतर्फको बस्तीमा बाढी पसेपछि कतिपय स्थानीयले बालबच्चा च्यापेर राती ३ बजे घर छाडेर भागेका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

जनताको तटबन्धले निर्माण गरेको बाँध बगाएपछि बाढी गाँउ पसेको हो । मैनाचुलीमा गरिएको बाढीको मापन अनुसार बाढीले खतराको संकेत पार गरेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । कनकाईमा आईतबार बिहान पानी ३ः४७ मिटर उचाइमा बाढी आएको थियो । यो खतराको तह नजिक हो । खतराको सिमा भनेको ४ः३ हो । रेडक्रसका झापा सभापति लोकराज ढकालले नदीको तटीय क्षेत्रमा नजान सर्वसाधरणलाई अनुरोध गर्नुभएको छ ।

सम्बन्धित