तपाईँ सुन्दै हुनुहुन्छः

झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

झापा । झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

सबै बालबालिका खोपको पहुँचमा पुगेकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरका स्वास्थ शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो । १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले ११ प्रकारका रोग विरुद्ध खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख इश्वरी पौडेल, नगर प्रमुख हरिकुमार राना, नगर उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेल लगायतको उपस्थिती रहेको एक औपचारीक कार्यक्रममा विच आज पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

कार्यक्रममा खुदुनाबारी स्वास्थ चैकी, शनिश्चरे प्रथामीक स्वास्थ केन्द्र र अर्जुनधारा स्वास्थ चैकीलाई पूर्ण खोप सुनिश्चितकालागि सघाउ पुर्याएको भन्दै सम्मान गरिएको थियो । साथै नगरका ११ वटै वडा कार्यलयलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button