तपाईँ सुन्दै हुनुहुन्छः

आज पनि वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आज पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।मनसुनी गतिविधि लगातार सक्रिय हुँदा केही दिनदेखि देशभर बदली तथा लगातार जस्तो वर्षा भइरहेको छ ।

अहिले नेपालमा मनसुनी वायु सक्रिय हुनुका साथै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर मौसम बदली तथा वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम विश्लेषण

हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।

हालको मौसमको अवस्था

देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २९ गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

असार ३० गते (मंगलबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ थोरै स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

असार ३१ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर देशभर आँशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, प्रदेश ५का एक/दुई स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button