२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले ३३ घरपरिवार विस्थापित

रेडियो नेपाल २०७७ असार २८ गते १९:५७

विराटनगर । अविरल वर्षाका कारण विराटनगर महानगरपालिका–१२ बखरीको सिमराही बस्तीमा केसलिया खोलाको पानी पस्दा ३० घरपरिवार आज विस्थापित भएका छन् ।

वडाध्यक्ष हीरालाल कामतले गएराति आएको अविरल वर्षाका कारण बाढी बस्तीमा पसेपछि डुबान हुँदा विस्थापित भएका ३० घर परिवारका करिब १५० जनालाई उद्धार गरी विद्यालयमा सुरक्षित बसोबासको व्यवस्था गर्नुभएको छ ।

विस्थापित परिवारलाई महानगर तथा वडा कार्यालयले आवश्यक खाद्यान्न वितरण गरेको छ ।

यसैगरी वडा नं ६ ब्रह्पुरामा केसलिया खोला बस्तीमा पस्दा तीन घर डुबानमा परेका वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

बाढीका कारण डुबानमा परेका घरपरिवार एवं स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । खोला क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता रहन प्रहरीले आग्रह गरेको छ ।
रासस

सम्बन्धित