२०७९ साल असोज १३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा पहिरोमा थप एकको शव फेला, चार जना अझै बेपत्ता

रोशन तिवारी २०७७ असार २८ गते १८:०९

पर्वत । म्याग्दीमा पहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । पहिरोमा पुरिएको अवस्थामा आज थप एक जनाको शव फेला परपछि मृत्यु हुनेको संख्या २८ पुगेको हो । बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा धौलागिरी गाउँपालिका ६ मराङका खिमवहादुर जुग्जालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीले हिजो सार्वजनिक गरेको बेपत्ता भएका व्यक्तिहरुको सूचिमा जुग्जालीको नाम समाबेश छैन । बेपत्ता भएका अझै ४ जनाको अवस्था पत्ता लाग्न नसकेको प्रहरी नायव उपरिक्षक किरण कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार मालिका गाउँपालिका ७ का एलिसा केसी, धौलागिरी गाउँपालिका ६ का ५१ वर्षिय जनिमा केसी, सोहि ठाउँका १६ वर्षिय सविन पुन र खोलाले बगाएर बेपत्ता भएका मालिका गाउँपालिका ६ की गीता रोकाको अवस्था पत्ता लाग्न नसकेको हो । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित