तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता २० अझै भेटिएनन

मेलम्ची । बुधबार राती आएको अविरल बर्षाका कारण बाढीमा बेपत्ता भएका सिन्धुपाल्चोकका २० जना अझै भेटिएका छैनन । बेपत्ताका परिवार, आफन्त, स्थानीयवासी, जनप्रतिनिधिलगायत शव खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बेपत्ताहरुको खोजी गर्न ठूलो जनशक्ति परिचालन गरिएको छ । नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखा सामाखुशीबाट २७ सदस्यीय बिज्ञ टोली भोटेकोशी र सुनकोशी नदि किनारमै बेपत्ता खोजीका लागि सक्रिय छन् । काफ्लेका अनुसार काठमाण्डौंबाट आएको यो टोली विपदको समयमा खोज तथा उद्धारका लागि विशेष तालिमप्राप्त टोली हो । ‘बेपत्ताको खोजीका लागि स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्था र स्थानीयहरुको समेत सहयोग छ,’ उहाँले भन्नुभयोे, ‘स्काभेटर, डोजरसमेत खोलामा प्रयोग गरिएको छ ।’

बढ्दो वर्षासँगै भोटेकोशी र सुनकोशी नदीमा पानीको वहाव उच्च हुने क्रम रोकिएको छैन । बाढी आएको पानी धमिलो भएका कारण खोजीकार्य सोचेअनुरुप प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button