तपाईँ सुन्दै हुनुहुन्छः

बाटो मर्मत गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन


बारा । बाटोका कारण सर्वसाधारणले सास्ती भोग्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले बाटो मर्मत गर्न कलैया उपमहानगरपालिकालाई निर्देशन दिएको छ ।

कलैया उपमहानगरपालिका स्थित भरत चोक देखि देवकोटा चोकसम्मको करिब ६ सय मिटर बाटो मर्मतसम्भारको ब्यवस्था मिलाउन जिल्ला प्रशासनले आज एउटा पत्र लेखि निर्देशन दिएको हो ।

बाटो मर्मत नहुँदा सर्वसाधारण देखि सानाठुला सवारी साधन आवतजावतमा कठिनाई उत्पन्न भएको छ । जसबाट ठुलो धनजनको क्षती हुने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्देशन दिईएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

श्रावन ३ गतेसम्मका लागि बाटो मर्मत हुने हुँदा सानाठुला सवारी साधनको रुट परिवर्तन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताउँनुभयो । बाटोमा पानीको निकास नभई बाटो जिर्ण हुँदा सवारीसाधनहरु दैनिक पल्टिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बारालाई बाटो मर्मत हुँदा सम्मको अवधि श्रावन ३ गते सम्म सवारी साधनको बैकल्पित ब्यवस्थाबाट आवतजावत गराउन जिल्ला प्रशासन कार्यालय बाराले निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button