२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर प्रहरीद्धारा ५ किलो अफिम बरामद

विश्व अधिकारी २०७७ असार २८ गते १७:४९

मकवानपुर । मकवानपुर प्रहरीले ५ किलो लागुऔषध अफिम बरामद गरेको छ ।

आईतबार ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले लागु औषध अफिमसहित एउटा पल्सर मोटरसाईकल बरामद गरेको हो ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ नेवारपानीमा सुरक्षाजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलसहित ५ केजी अफिम बरामद प्रहरीले जनाएको छ ।

प्रहरीको टोली देखेपछी अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार भने जंगलतर्फ भागेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौँरले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

बरामद गरिएको अफिमको बजार मुल्य ५ लाख भएको र भागेकाहरुको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित