तपाईँ सुन्दै हुनुहुन्छः

अरुण तेस्रोले निर्माण व्यवसायीलाई भुक्तानी नदिएको गुनासो

संखुवासभा । निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा काम गर्ने स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् ।

संखुुवासभा जिल्लास्थित निर्माणाधिन परियोजनाका अधिकांश स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका हुन् ।

परियोजनाको निर्माण गरिरहेको भारती निर्माण संस्था सतलज जलविद्युत् निगम मार्फतका पटेल इञ्जीनियरिङ कम्पनी र जयप्रकाश एशोसिएटले कामअनुसार रकम भुक्तानी नदिएका कारण स्थानीय निर्माण व्यवसायी कम्पनी मर्कामा परेको रौता कन्स्ट्रक्शन प्रालिका प्रतिनिधि भीम थापाले जानकारी दिनुभयो ।

मकालु गाउँपालिकामा बाँधस्थल र चिचिला गाउँपालिकामा विद्युतगृहको काम चलिरहेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button