तपाईँ सुन्दै हुनुहुन्छः

तिलाठी कोइलाडीको गाउँसभामा कोरोना तथा प्रकोप पीडितलाई प्राथमिकता

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपलिकाको शनिवार सम्पन्न चौथो गाउँ सभामा चट्याङ्ग, आगलागी, शीतलहर, बाढी, सर्पदंश जस्ता प्रकोपको कारण ज्यान गुमाएका ब्यक्तिको परिवारलाई किरिया खर्च वापत जनही पच्चिस हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

सभाले कोरोना भाइरसका कारण मारमा परेका कृषकलाई सुविधा दिन गाईभैंसी पालन गर्न इच्छुक कृषकहरुलाई सहकारी संस्थामार्फत एक बर्षभित्रै फिर्ता गर्ने गरी बिना ब्याज ५० प्रतिशत निब्र्याजी ऋण दिन कृषक उत्थान घुम्ती कोष निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले यसका लागि आवश्यक कार्यविधि तयार गर्न गाउँपालिकालाई निर्देशन दिइसकेको बताउनुभयो । गाउँपालिकाका सबै विद्यालयहरुमा विपद् जोखिम न्युनीकरण शिक्षालाई अनिवार्य गर्ने निर्णय गरिएको अध्यक्ष सिंहले बताउनुभयो ।

यसैगरी कोभिड १९ नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठी र कोइलाडी बर्साइन, प्रहरी चौकी तिलाठी र कोइलाडी बर्साइन, क्वारेन्टाइन ब्यवस्थापनमा सहयोग गर्ने अधिकारीहरुलाई समान गरेको छ ।

सभाले खाँडो खोलाले प्रत्येक वर्ष कटान, डुबान गरी करोडौंको धनजन क्षति गरिरहेको हुँदा सो नदीमा दुवैपट्टी बनाइएको बाँधलाई थप बलियो बनाउन खाँडो नदी नियन्त्रण आयोजना लगायतका अन्य सम्बन्धित निकायहरुमा सिफारिस साथ पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button