२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

झापामा नक्कली भारतीय रुपैयाँसहित तीन जना पक्राउ

रोहित काफ्ले २०७७ असार २८ गते १६:०३

भद्रपुर, झापा । झापामा नक्कली भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले उनीहरूलाई पक्राउ गरेको हो ।

पाँच सय दरको एक लाख ४४ हजार नक्कली भारतीय रुपैयाँसहित उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पक्राउ पर्नेमा झापा कनकाई–३ का ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाई–४ का खुर्सेद आलम र झापा गाउँपालिका–५ का एराजुल हक रहेका छन् । उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ ।

पक्राउ परेकामध्ये श्रेष्ठ सुनचाँदी व्यवसायी हुन् । मिटर व्याज कारोबारमा पनि उनको संलग्नता रहने गरेको प्रहरीले बताएको छ ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका दुवै जनालाई खोटा चलन सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको बताउनुभयो ।

सम्बन्धित