२०७९ साल असोज ११ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाढी तथा डुवान नियन्त्रणका लागि पर्सामा ७ सय सुरक्षाकर्मी हाईअलर्ट

ध्रुव अधिकारी २०७७ असार २८ गते १५:५३

वीरगंज । लगातारको बर्षा सँगै बाढी तथा डुवानले जिल्ला प्रभावित हुन सक्ने भन्दै जिल्ला विपद व्यवस्थापन समिति पर्साले ७ सय जना सुरक्षाकर्मीलाई हाईअलर्ट अवस्थामा राखेको छ ।

पर्सा जिल्लाको भेडाहा, तिलावे, सिंयाहि, ओरिया, सिक्टा नदी, लगायत आधा दर्जन खोलाहरुमा बर्षातको समयमा आउने बाढीको कारण डुवान हुन सक्ने हुँदा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब ७ सय जना सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिकी सदस्य एवं जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

नेपाली सेनाका ४ सय, सशस्त्र प्रहरीका २ सय र नेपाल प्रहरीको १ सय गरी करिब ७ सय जनाको टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको पन्तले बताउनुभयो । नेपाल प्रहरी अन्र्तगतको विपद् व्यवस्थापन गुल्ममा बाढी र डुवानबाट उद्धारका लागि ट्युव लगायतका सामग्री तथा विस्थापित हुने घर परिवारका लागि उद्धार तथा अस्थायी बसोवासका लागि आवश्यक सामग्री तयारी हालतमा राख्न सम्बन्धित पालिकासँग समन्वय भई रहेको पन्तले बताउनुभयो ।

सम्बन्धित