तपाईँ सुन्दै हुनुहुन्छः

झण्डै छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै

काठमाडौं । नेपाल धितो पत्र बोर्डले थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने तयारी गरेको जनाएको छ ।

शेयर विक्रीका लागि बीमा कम्पनी, जलविद्युत, लघुवित्त, मर्चेन्ट बैक र अन्य समूहका कम्पनीले शेयर बिक्रीका लागि बोर्ड समक्ष अनुमति मागेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका एनआईसी लघुवित्त र अजोड इन्स्योरेन्स कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको प्रवक्ता गिरीले बताउनुभयो ।

शेयर बजारलाई अझ पारदर्शी बनाउन सुपरिवेक्षण, अनुगमन, कानूनी सुधार, संस्थागत क्षमता अभिबृद्धि जस्ता विषयलाई प्राथमिकताका साथ अघि बढाउने बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button