तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा दुई बालक खोलामा बेपत्ता

बझाङ । बझाङको कालंगा खोलामा दुई जना बालक बेपत्ता भएका छन् ।

देउरा बजारमा बस्दै आएका केदरास्युँ गाँउपालीका वडा न १ घर भएका ११ वर्षका रोशन दमाइ र सोही गाँउपालीका ४ घर भएका १४ वर्षका जगत अधिकारी नुहाउन र माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन ।

खोलामा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको तर खोला बढ्दै गएको र धमिलो हुदाँ समस्या भएको बझाडका डिएसपी गणेश बमले जानकारी दिएका छन् ।

यस अगाडी केदारस्युँ गाँउपालीका मल्लेसीमा पहिरोमा पुरिएका एक जनाको पनि अहिले सम्म शव भेटाउन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button