तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको क्वारेनटाइनमा बसेका ६६ वर्षीय पुरुषको मृत्यु, पोखरामा स्वाब परीक्षण हुँदै

तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेनटाइनमा रहेका एक व्यक्तिको शनिवार बिहान मृत्यु भएको छ ।

गत असार २३ गते भारतबाट आउनुभएका भानु नगरपालिका (५ मैबल–गरमभन्ज्याङ्ग) का ६६ वर्षका रामबहादुर श्रेष्ठको शनिवार बिहान पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ’कोरोना सङ्क्रमण भए नभएको पुष्टि गर्न स्वाब परीक्षणको तयारी भइरहेको छ ।’

शनिवार बिहान करिब ५ः०० बजे एक्कासि बेहोस भएपछि उहाँलाई एम्बुलेन्समा राखी उपचारको लागि पोखरा पठाइएकोमा बाटोमा नै मृत्यु भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनुभयो ।

क्वारेनटाइनमा रहँदा नै उहाँमा उच्च रक्तचाप, प्यारालाइसिस र मधुमेहको समस्या देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनुभयो ।

तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ५३ जना पुगेको छ भने निको हुनेको सङ्ख्या एक सय जना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button