तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर राहत सामग्री बोकेर बारेकोटतर्फ

सुर्खेत । सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकोप्टर जाजरकोट बारेकोट गएको छ ।

बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ जिरीको पहिरोले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँच जना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकोप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले बताउनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको हेलिकोप्टरले २५ थान त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, एक सय ८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको छ ।

पीडित परिवारलाई थप राहत र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button