तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव समूहका एक कार्यकर्ता पक्राउ 

बैतडी । प्रतिबन्धित समूह नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्तालाई बैतडीमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ बर्षीय करन ऐरी ( कर्णाली ) रहेका छन् ।

पक्राउ परेका ऐरी विप्लव समूहका गाउँकमिटि सदस्य रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिनुभयो । डराई धम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेका गरिएको उहाँले बताउनुभयो ।

ऐरीलाई डिलाशैनी गाउँपालिका ६ कटौजबाट पक्राउ गरिएको हो । डिलाशैनी क्षेत्रमा उनीहरुले चन्दा आतंक मच्चाएको भन्ने जनगुनासो आएपछि गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोज साउद नेतृत्वको टोलीले ऐरीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका ऐरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।

यसैबीच, ऐरीसँगै रहेका विप्लव समूहका दार्चुला जिल्ला इञ्चार्ज रामसिंह कुँवर भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button