तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट सिन्धुपाल्चोकमा थप एकको मृत्यु

मेलम्ची-कोरोना भाइरस (कोभिड १९) बाट सिन्धुपाल्चोकका एक ब्यक्तिको मृत्यु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका ४५ वर्षिय पुरुषको आज कोभिडका कारण मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार झण्डै ३ महिनादेखि विरामी रहेका उनको काठमाण्डौंमा मृत्यु भएको हो । मृतक घरमै बसोबास गर्ने गर्दथे । मृत्यु हुनु अघि नै कोरोना परीक्षण गरिएकोमा पोजेटिभ देखिएको उहाँले बताउनुभयो । यो सँगै सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि मुलुकमै पहिलोपटक कोरोना लागेर राम्चेकी महिलाको मृत्यु भएको थियो ।

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । आज थपिएका पाँच सहित कोरोना संक्रमितको संख्या ६१ पुगेको हो । आज थपिएकाहरु सबै पाँचपोखरी थाङपाल गाउँपालिकाका हुन् । पाँचै जना भारतबाट आएको चापागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button