तपाईँ सुन्दै हुनुहुन्छः

गैडाकोटको थुम्सीमा नयाँ डाइर्भसन निर्माण

 

चितवन । बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ । ९ घण्टापछि नयाँ डाइर्भसन निर्माण भएपछि यातायात आवागमन सुचारु भएको हो ।

पूर्वी नवलपरासीको गैँडाकोट –९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । दिउसो १ बजेबाट सडक सुचारु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बाटो बन्द भएपछि रोकिएका सवारीसाधन गन्तव्यमा लागेका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाएको हो । हाल गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button