२०७९ साल असोज १३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

बढीबाट झापाको शिवसताक्षीमा चार परिवार पूर्ण विस्थापित, मेचीनगरको मलामी घर कटान

रोहित काफ्ले २०७७ असार २७ गते १५:४४

 झापा- लगातारको वर्षाले झापामा कटान, बाढी र विस्थापितका घटना हुन थालेका छन् । कनकाई नदीमा आएको बाढीले शिवसताक्षी–१० को सुकुम्बासी बस्तीका चार घरपरिवार पूर्ण विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई शनिबार सुरक्षित स्थानमा सारिनुका साथै आवश्यक गैरखाद्य सामग्री उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।शनिबार पनि दिनभरजसो पानी परेकोले कनकाई नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ भने मेचीनगर–७ मा निन्दाखोलाले मलामी घर कटान गरिरहेको छ ।

निरन्तरको वर्षाका कारण झापाको मेची, टाङ्टिङ, रतुवा, बिरिङ, कमल, बनियानीलगायतका खोला तथा नदीमा पानीको बहाब बढेको छ । बहाव बढेसँगै बाढी र कटानको जोखिम समेत बढ्दै गएको छ ।

सम्बन्धित