तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वी नवलपरासीको गैँडाकोट– ९ थुम्सीमा बाढीले डाइभर्सन बगाएपछि रोकिएका सवारीसाधन । तस्वीरः कृष्ण आचार्य/रासस

भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

पूर्वी नवलपरासीको गैँडाकोट– ९ थुम्सीमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग ।

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

पूर्वी नवलपरासीको गैँडाकोट– ९ थुम्सीमा बाढीले बगाएको डाइभर्सन निमाण गर्दै नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन । तस्वीरः कृष्ण आचार्य /रासस

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button