२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा अवैध काठसहित ट्रकहरु पक्राउ

गजेन्द्र राई २०७७ असार २६ गते १६:४५

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित मुर्कुचीबाट ठूलो परिमाणमा अबैध काठ सहित ट्रकहरु पक्राउ परेको छ ।

पक्राउ परेको काठ सप्तरी हुर्दै भारत लाने तयारी हुदै गरेको अवस्थामा बिहिबार जिल्ला प्रहरी कार्यालय उदयपरको प्रहरी टोलिले पक्राउ गरेको हो ।

अवैध काठ बाहिर लाने तयारी हुदै गरेको गोप्य सुचनाको आधारमा काठ लाड हुदै गरेको ३ ओटा ट्रक, ट्रक चालक र सहचालकहरुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार ना ३ ख ९४१९ नम्बरको ट्रक र सप्तरीको कन्चनरुप नगरपालिका ३ बस्ने ३५ को ट्रक चालक योगेन्द्र मोची र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बस्ने बर्ष २० को सहचालक शंकर कुमार दास पक्राउ परेका छन् ।

त्यस्तै ना ४ ख ८३८४ नम्बरको ट्रक र सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बस्ने ४५ को ट्रक चालक जिबछ यादब र सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह बस्ने बर्ष २७ को सहचालक शंकर कुमार दास पक्राउ परेका छन् ।

यसैगरी, ना ४ ख २१२४ नम्बरको ट्रक र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह बस्ने बर्ष ४० को ट्रक चालक बिरेन्द्र मण्डल र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह बस्ने वर्ष २१ को सहचालक शिव परमानी पक्राउ परेका छन् ।

अहिले पक्राउ परेको ट्रक, लोड गरिएको काठ र व्यक्तिहरुलाई आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय कटारीमा बुझाईएको छ ।

सम्बन्धित