२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटको बारेकोटमा पहिरोले घर बगाउदा १२ जना वेपत्ता

बद्री पन्त २०७७ असार २६ गते १२:३८

जाजरकोट – जाजरकोट बारेकोट गाउँपालिका ४, सार्कीगाउँमा गएराती पहिरोले घर बगाउदा १२ बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा सार्कीगाउँका स्थानीय ५२ बर्षीय घर मालिक गोपाल सार्की , उहाँकी श्रीमती ५० बर्षीया पुष्षा सार्की , १३ बर्षीया छोरी लक्ष्मी, ११ बर्षीय छोरा अर्जुन, रहेका छन् । त्यस्तै अर्का घर मालिक कालु सार्की, १४ बर्षीया छोरी तीर्खा, ११ बर्षीया छोरी कमला , ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् ।

त्यस्तै पाहुँन आएका कुशे गाउँपालिका ९ चौताराका २० बर्षीय डिल्ली सार्की, १४ बर्षीया गौरी सार्की, १६ बर्षीया कविता सार्की, १८ बर्षीय बीरेन्द्र सार्की वेपता भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भएको छ । लगातार पानी परि रहेकाले उद्धार कार्यमा कठिन भएको छ अध्यक्ष शाहले बताउनु भयो । घटना स्थलमा प्रहरी तथा स्थानीयबासीले खोजि कार्य थालेका छन् । घटना स्थल सदरमुकाम खलंगा देखि २५ कोष उत्तरपुर्वमा भएको हो ।

सम्बन्धित