तपाईँ सुन्दै हुनुहुन्छः

विपत्‌मा परेकालाई उद्धार गर्न तरुण दलको निर्देशन

काठमाडौं । नेपाल तरुण दलले अविरल वर्षा भई बाढी पहिरोको कारण केही दिन देखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगायत देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति व्यहोरीसकेको भन्दै उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ ।

अध्यक्ष जितजंग बस्‍नेतले शुक्रबार जिल्ला कार्यसमितिहरुलाई परिपत्र गर्दै विपत्‌को जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न निर्देशन दिएका हुन् ।विपत्‌का बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रसलगायत सामाजिक संघ-संस्थाहरु एवं मातृपार्टी र अन्य भ्रातृ-संगठनसँग पनि आवश्यक समन्वय-सहकार्य गर्न पनि परिपत्रमा निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button