तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई औषधि छर्कने स्प्रेमेशिन वितरण


विराटनगर । विराटनगर महानगरपालिकाका ३५ जना कृषकलाई आज स्प्रेमेशिन वितरन गरेको छ । महानगरपालिकाले गरिव संग विश्वेश्वर कार्यक्रम अन्र्तगत किसानहरुलाई खेतवारीमा औषधी छर्कने मेशिन वितरण गरेको हो ।

विराटनगर– ८ स्थित वडा कार्यालयमा विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुलीले कृषकलाई मेशिन वितरन गर्नु भएको थियो । महानगरपालिकाले अढाई लाख रुपैयामा वेट्रिवाट चल्ने मेशिन खरिद गरेको हो ।

विराटनगर– ८ र १४ नम्वरवडाका कृषकलाई १६ लिटर क्षमता रहेको स्प्रे मेशिन वितरण गरिएको महानगरपालिका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहालले वताउनुभयो ।

महानगरपालिका प्रमुुख पराजुुलीले तरकारी तथा अन्यवालीमा औषधी छर्कन सजिलो होस भन्ने उदेश्यले मेशिन वितरन गरिएको भन्नुहुदै त्यसको सहि उपयोग गर्न कृषकलाई आग्रह गर्नुभयो ।

विश्वेश्वर प्रसाद कोइरालाले प्रधानमंत्री हुदा गरिवको अनुहार हेरेर योजना वनाउन मंत्रीहरुलाई भनेको प्रसंग उल्लेख गर्नुहुदै उहाले महानगरपालिकाले यस वर्षको वजेटमा कृषी र स्वास्थ्यालाई लक्षित गर्दै योजनाहरु ल्याएको वताउनुभयो ।

गरिवसंग विश्वेश्वर कार्यक्रमका संयोजक युवा भण्डारीले व्यावसायिक कृषकलाई मेशिन वितरन गरिएको वताउनुभयो ।

विराटनगर–८ का किसान प्रेमलाल राजवंशीले यसअघि मेशिन नहुदा अरुसंग मेशिन मागेर खेतवारीमा प्रयोग गर्दै आएकोमा अव मेशिन पाएपछि धेरै सहज हुने वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button