तपाईँ सुन्दै हुनुहुन्छः

सीमा स्तम्भ ढल्यो

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाँडामा रहेको नेपाल भारत २०७ नम्बर सीमा स्तम्भ ढलेको छ । सीमास्तम्भको फेदबाटै उम्रिएर बढेको सिमलको रुखले उक्त स्तम्भ (पिल्लर) वर्षौदेखि बांगिएको अवस्थामा थियो । मंगलबार देखि बुधबार बिहानसम्म निरन्तरको वर्षाले माटो खुकुलो हुँदा उक्त स्तम्भ ढलेको स्थानीय एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर क्षेत्र नम्बर १ का संयोजक पल्लब राज भट्टले बताउनु भएको छ । लामो समय देखि सीमास्तम्भ बांगिएर जीर्ण हुँदा समेत सम्बन्धित निकायले बेवास्ता गरेका कारण सीमा स्तम्भको मर्मत समेत हुन सकेको थिएन ।

उक्त स्तम्भ बिजोर नम्बरको भएका कारण यसको मर्मत सम्भार गर्ने जिम्मेवारी नेपाल पक्षको हो । २०५८ साल देखि मर्मतको जिम्मेवारी पाएको नेपाली सिमा सर्भे टोलीले बांगिएको अवस्थामा रहेकै बेला सिमलको रुख हटाएर मर्मत गरिसक्नु पर्ने भएपनि तोकिएको जिम्मेवारी पूरा नगर्ने तर नेपाल सरकारले स्वीकृत नगरी सकेको दुई देश बीच सम्झौता भइनसकेको स्ट्रीप नक्सा बोकेर सिमाना छुट्टाउन आउने सीमा सर्भे टोली प्रति नेता भट्टले आक्रोश पोख्दै ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button